४ कार्तिक २०८३, बुधबार

फोनमा छोरालाई ‘राम्रोसँग पढ्नु है’ भन्दै नदीमा हाम फालेर बाबु बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ८ असार । जिल्लाको नारायणस्थान—२का एक शिक्षकले आफ्नो छोरासँग मोवाइलबाट बिदा लिएर बेपत्ता भएका छन्। आधारभूत निमावि कोलपाटाका शिक्षक पुष्पराज पौडेल छोरालाई आँफूले ‘आत्हत्या गर्ने’ संकेत गरेर बेपत्ता भएका हुन्।
विद्यालयबाट घर फर्केपछि घरमा खाना बनाएर अइतबार साँझ करिब नौ बजे आफ्नो कान्छा छोरा विवेकलाई फोन गरेर ‘म संसार त्याग्ने भएँ, राम्रोसँग पढ्नु, घरमा झगडा नगर्नु छोरा’ भन्दै कान्छा छोरालाई फोन गरेपछि सम्पर्क बाहिर रहेको स्थानीय उमानाथ सिग्देलले बताए। ‘घरबाट निस्किएपछि कान्छो छोरालाई म संसार त्याग्ने भएँ भनेर जानकारी गराएको पाइयो,’ सिग्देलले भने। छोरालाई जानकारी गराएपछि आफन्तले खोजतलास गर्दा शिक्षक पुष्पराजले प्रयोग गर्ने सामग्री सोमबार कालीगण्डकी नदी किनारमा भेटिएका छन्।

नारायणस्थानको नाउबौर भन्ने कालीगण्डकी नदी किनारमा चप्पल, टिर्सट, टोपी, मोवाइल र घडीलगायतका सामग्री भेटिएको आधारभूत निमाविका प्रधानाध्यापक लेखनाथ सुवेदीले बताए। छोरासँग फोनबाट बिदा लिएको र नदी किनारमा सामग्री भेटिएपछि आत्महत्या गरेको आशंका गरेर आफन्त र प्रहरीले नदी किनारमा खोजी सुरु गरेका छन्। बेपत्ता पुष्पराजका दुई छोरा र एक श्रीमती छन्। आजको नागरिक दैनिकमा समाचार छ ।