४ कार्तिक २०८३, बुधबार

राजधानीमा अब पाँच सय नयाँ ट्याक्सी थपिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taxiकाठमाडौं, ८ असार । सरकारले भूकम्पपीडितलाई ट्याक्सी दर्ता गरी चलाउन दिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पप्रभावित १४ जिल्लाका बासिन्दालाई यो सुविधा दिने जनाएको छ ।

तर, यसरी जम्मा ५ सय वटा नयाँ ट्याक्सी मात्र दर्ता गर्न पाइनेछ ।

यसका लागि भूकम्पपीडितसँग बी वर्ग (कार, जिप, डेलिभरी र भ्यान) को सवारी चालक अनुमति पत्र हुनु पर्ने छ ।

मन्त्रालयको यातायात व्यवस्था शाखाका अनुसार यसरी राहतमा ट्याक्सी चलाउन पाउने सुविधा काठमाडौं उपत्यकामा मात्र लागु हुने समाचार कान्तिपुर दैनिकले छापेको छ ।

यातायात मन्त्रालयका अनुसार यसका लागि १५ दिनको सुचना दिई एक परिवार, एक चालक, एक ट्याक्सीको दरले पहिलो निवेदन दर्ता गर्नेलाई पहिलो प्राथमिकताको आधारमा ट्याक्सी दर्ता गरि संचालन गर्न सुविधा दिइनेछ ।

यसका लागि भूकम्पपीडितको परिचय पत्र पनि आवश्यक पर्नेछ ।

यो सुविधा कहिलेदेखि सुरु हुनेछ भन्ने मन्त्रालयले जानकारी दिएको छैन ।