१८ कार्तिक २०८३, बुधबार

‘संविधान निर्माणलाई कसैले रोक्न सक्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepal-1जनकपुर, ७ असार । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान निर्माणको कार्यलाई कुनै पनि पक्षबाट अवरोध पुर्‍याउने नहुने बताउनुभएको छ ।

धनुषाको नाथपट्टि गाविसमा न्यु युवा वाचनालय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले दलबीच संविधान निर्माणका लागि भएको सहमतिको कुनै पनि पक्षबाट अवरोध भए यसले असल परिणाम नदिने विचार व्यक्त गर्नुभयो ।

संविधान निर्माण नभएको कारणले जनतामा निराशा छाएको बताउँदै उहाँले दलबीचमा भएको सहमतिअनुसार आागमी साउनभित्रै नयाँ संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । “सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माण गर्ने सम्भावना नरहेकाले अधिकतम दललाई सहमतिमा ल्याएर संविधान जारी गरिने छ”-उहाँले भन्नुभयो ।

नेता नेपालले मुलुक निर्माणका लागि सबै दल एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।