३० आश्विन २०८३, शुक्रबार

मेगा बैंकको ‘ब्राण्ड एम्बेसडरमा’ सुरज सिंह ठकुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Logo

काठमाडौँ, ७ असार । मेगा बैंक नेपाल लिमिटेडले सुरजसिंह ठकुरीलाई आधिकारिक सदभावना दूत (ब्राण्ड एम्बेसडर) नियुक्त गरेको छ ।

नेपाली युवामाझ ‘आइकन’का रुपमा रहेका ठकुरी चर्चित कार्यक्रम प्रस्तोता, कलाकार तथा निर्देशक समेत हुन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनमा कार्यरत ठकुरीले ‘कल कान्तिपुर’ नामक लोकप्रिय कार्यक्रम संचालन गर्दै आएका थिए । अहिले उनले कान्तिपुर टेलिभिजनमै ‘परिवर्तन’ नामक सामाजिक कार्यक्रम संचालन गर्दै आएका छन् । विभिन्न म्युजिक भिडियोमा अभिनय तथा निर्देशक गरेका ठकुरीले ‘नाई नभन्नु ल– २ र ३’ मा अभिनय गरेका थिए ।

Mega-Brand-Ambassador

मेगा बैंकका सिइओ अनिलकेशरी शाहका अनुसार, आगामी दिनमा बैंकको ब्राण्ड इमेजलाई ग्राहक सामु स्थापित गर्न ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको हो । मिडिया र आमजनतामा चिरपरिचित रहेका कारण ठकुरीको उपस्थितिले मेगा बैंकको ब्राण्ड स्थापित गर्न मद्दत पुग्ने सिइओ शाहको विश्वास छ । ‘उहाँको ब्राण्ड इमेजले मेगा बैंकको हलोदेखि हाइड्रोसम्म भन्ने सन्देश र समग्र बैंकिङ जानकारी आम नेपालीबीच पुर्‍याउन मद्दत पुग्ने विश्वास लिएका छौँ ।’– सिइओ शाहको विश्वास छ ।

‘ब्राण्ड एम्बेसडर’ बनेपछि ठकुरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले गर्ने विभिन्न सामाजिक तथा व्यवसायिक कार्यलाई देशव्यापी बनाउन योगदान पुर्‍याउने बैंकले जनाएको छ ।