४ कार्तिक २०८३, बुधबार

पूर्व राजपरिवारको दाइजो फिर्ता गर्न आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prerana_Sighकाठमाडौं, ७ असार । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले दाइजो तथा बकसबाट प्राप्त घरजग्गा २०६३ को राजनीतिक परिवर्तनपछि अधिग्रहण गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले आइतबार निजी भोगचलनमा रहेको उक्त घरजग्गा अधिग्रहणलाई अवैध भन्दै नेपाल ट्रस्टबाट तत्काल फिर्ता गर्न आदेश दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

यो आदेशसँगै प्रेरणाको उक्त घरजग्गा नेपाल ट्रस्टमा राख्ने सरकारको निर्णय बदर भएको छ। सरकारले नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप प्रेरणाको घरजग्गा अधिग्रहण गरी ट्रस्टमा राखेको थियो।

सर्वोच्चले नेपाल ट्रस्ट ऐन, २०६४ अनुरूप राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूका छोराहरू दीपेन्द्र र निराजनका नामको सम्पत्ति ट्रस्टमा जाने कानुनी व्यवस्था भए पनि सोबाहेक अन्य सदस्यका नामको सम्पत्ति ट्रस्टमा राख्न कानुनी व्यवस्था नभएको फैसला सुनाएको छ।

तत्कालीन राजा एवं आफ्ना पिता ज्ञानेन्द्र शाहबाट दाइजो बकस पाएको उक्त घरजग्गामाथि कसैले प्रश्न उठाउन नसक्ने दाबीसहित प्रेरणाले गत माघ २५ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

प्रेरणाले आफूलाई एकलौटी हकभोग हुने गरी दाइजो दिइएको व्यहोरा उल्लेख गर्दै ‘श्री ५ महाराजाधिराजका प्रमुख राजदरबार’ पदाधिकारीले २०६२ साल जेठ १० गते राजकीय सम्पत्ति कोष विभाग, राजदरबार तथा ढुकुटी विभाग (राजदरबार) लाई लेखेको पत्रससहितका कागज प्रमाणका रूपमा रिटसँगै पेस गरेकी थिइन्।

सरकारले आफूसँग बुझ्दैनबुझी प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने गरी आफ्नो सम्पत्ति ट्रस्टमा रा ने निर्णय गरेकाले बदर गरी फिर्ता गर्न आदेश जारी पाऊँ भन्ने माग उनलेगरेकी थिइन्।

आफ्नो विवाह हुँदा र दाइजो लिँदा तत्काल जारी रहेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३० र ३१ अनुसार दाइजो बकसपत्र सम्बन्धमा कुनै प्रश्न उठाउन नपाइने जिकिरसमेत उनले गरेकी थिइन्।

सरकारले अधिग्रहण गरेको घरजग्गामा अन्तरिम संविधान, २०६३ र नेपाल ट्रस्ट अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेको दाबी प्रेरणाको थियो।

प्रेरणाको विवाह २०५९ माघ १० गते राजबहादुर सिंहसँग भएको थियो। विवाह हुँदा आफ्ना पिताले घरसहित काठमाडौं छाउनीको १५ रोपनी एक आना जग्गा आफूलाई दाइजो बकस दिए पनि सरकारले जबरजस्ती अधग्रहण गरी ट्रस्टमा राखेको दाबी उनको थियो।

कित्ता नम्बर २५ को उक्त जग्गा काठमाडौं महानगरपालिका- १३ छाउनीमा छ। उक्त घरजग्गा ट्रस्टका नाममा ल्याउन सरकारले २०६४ पुस १ गते मालपोत कार्यालय कलंकीलाई परिपत्र गरेको थियो।