४ कार्तिक २०८३, बुधबार

एमालेकी विश्वासपात्र शकुन्तला यसरी विवादमा पर्दैछिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakuntala_Nagarkoti_Rakhepकाठमाडौं, ७ असार । पुनरावेदन अदालत पाटनले नेपाल क्रिकेट संघ (क्यान) का सदस्यद्वय दीपक साउद र रञ्जित तामाङलाई पदमुक्त गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

अदालतले आइतबार दुवै पक्षसँग छलफल गरी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो। पुनरावेदन अदालतका न्यायाशीश मोहनबहादुर कार्की र कृष्णप्रसाद बाँस्तोलाको संयुक्त इजालसले आदेश जारी गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

अदालतले तोकिएको पदावधि बाँकी छँदै क्यानको विधान २०५५ बमोजित सफाइको मौका नदिई सदस्यसचिवले फिर्ता बोलाएको देखिएकाले सुविधा सन्तुलनको दृष्टिकोणबाट मुद्दाको टुंगो नलागुन्जेलसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

रिट निवेदकको तर्फबाट अधिवक्ता रमनकुमार श्रेष्ठ र मुरारीप्रसाद सापकोटा तथा विपक्षी राखेपको तर्फबाट अधिवक्ता नारायणराज अर्याल, गोपी भण्डारी र धनबहादुर श्रेष्ठले बहस गरेका थिए।

युवराज लामाको चारवर्षे कार्यकालको समाप्तिलगत्तै राखेपको नयाँ सदस्यसचिव नियुक्त भएकी शकुन्तला नगरकोटीले क्यानका सदस्य साउद र तामाङलाई पदमुक्त गरिएको पत्र थमाएकी थिइन्।

जेठ ३२ गतेमात्र राखेपको सदस्यसचिव बनेकी नगरकोटीले भोलिपल्टै उक्त निर्णय गरेपछि साउद र तामाङले सदस्यसचिवको उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए।

क्यानको विधानअनुसार दुईजना सदस्य राखेपको सदस्यसचिवको सिफारिसमा नियुक्त गर्ने प्रावधान छ। सोही प्रावधानअनुसार साउद र तामाङलाई यसअघि राखेपका तत्कालीन सदस्यसचिव लामाले क्यानको सदस्यमा नियुक्ति गरेका थिए।