४ कार्तिक २०८३, बुधबार

आमाले नतिजा सुनिसकेपछि मन सम्हाल्नै सकिनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । छोराछोरीले एसएलसीमा सुखद नतिजा ल्याएपछि थुप्रै अभिभावक हर्षोल्लास मनाइरहेका होलान् ।

तर, नेपालगन्ज–१३ भृकुटीनगरस्थित अधिकारी परिवारलाई एसएलसी नतिजाले न खुसी छायो न उमंग नै ।

१५ वर्षीया छोरी अनुराधा स्थानीय आदर्श बोर्डिङ स्कुल टप गर्दै ८७.७५ प्रतिशत अंकसाथ विशिष्ट श्रेणीमा उत्तीर्ण भइन् । तर, दम्पत्तीका लागि यो खुसी अलिनो छ ।

बरु नजिताले उनीहरुमा विनाशकारी भूकम्पको पीडा बल्झाइरहेछ ।

एसएलसी दिएर राजधानी घुम्न गएका बेला धरहरा ढलेर अनुराधाको घटनास्थलमै ज्यान गएको थियो ।

शुक्रबार एसएलसीको नतिजा प्रकाशित भएको खबरले धेरै अभिभावकमा उत्सुकता जगाए पनि भृकुटीनगरका ध्रुव अधिकारीले कुनै चासो दिएनन् ।

शिक्षकले फोन गरेर अनुराधा ८८.७५ अंकसाथ विशिष्ट श्रेणीमा आएको बताएपछि मन सम्हाल्न झन गाह्रो भयो ।

आमा रञ्जुले पनि छोरीको नतिजा सुनिसकेपछि मन सम्हाल्न सकिनन् ।