४ कार्तिक २०८३, बुधबार

शिक्षामन्त्री चित्रलेखाका पतिले किन बुझे पेश्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitralekha-yadav (1)काठमाडौं, ७ असार । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) मा सदस्य सचिव हुँदा करोडौं भ्रष्टाचार काण्ड लागेका जयबहादुर टण्डनलाई परिषद्को उपाध्यक्ष बनाउन शिक्षामन्त्री चित्रलेखा यादवका श्रीमान् श्रीकृष्ण यादवले पेश्की बुझेको चर्चाले शिक्षा मन्त्रालयमा खैलबैला मच्चिएको छ ।

परिषद्को इतिहासकै सबैभन्दा भ्रष्ट र बद्नाम सदस्य सचिव मानिने टण्डनले उपाध्यक्ष हुनका लागि मन्त्रीपतिलाई पट्याएको साँघु साप्ताहिकले छापेको छ ।

सुरुमा मन्त्री यादव टण्डनको नामै सुन्न चाहन्नथिन् । तर पतिले पेश्की बुझिसकेपछि उनी नैतिक संकटमा परेको स्रोतले जनाएको छ ।

परिषदको उपाध्यक्ष हुँदा यसअघिका डा गोपाल खनालले १८ वटा नर्सिङ कलेजको सम्बन्धनका लागि मात्रै एक करोड बढी उठाएका थिए ।

खनालले आफ्नो कार्यकालमा ५ करोड भन्दा वढी कमाएको झलझली देखेका टण्डन उपाध्यक्ष हुने अवसर कुनै हालतमा छाड्न चाहँदैनन् ।

उनको यसबीच मन्त्रीपतिसंग एक करोड भन्दा बढी रकम लेनदेन भइसकेको परिषद्का कर्मचारीहरु बताउँछन् ।

उता टण्डन उपाध्यक्ष गएर आएमा आफूले काम गर्न नसक्ने भन्दै सदस्य सचिव डा रामहरि लामिछाने गोजीमा राजीनामा बोकेर हिँडेका छन् ।