४ कार्तिक २०८३, बुधबार

पैसा माग्न सभासदहरूको होडबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । मन्त्रालयहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन व्यस्त भइरहँदा कृषिसम्बन्धि कार्यक्रमलाई बजेट माग्न सभासद्बीच होडबाजी सुरु भएको छ।

सभासद्हरू कृषि कार्यक्रम गर्ने भन्दै कृषि विकास मन्त्रालयमा धाइरहेका छन्। विशेष गरी आफ्नो निर्वाचन क्षेत्रमा बजेट पार्न यतिबेला कृषि विकास मन्त्रालयमा सभासद्को भीड नै लाग्ने गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

स्रोतका अनुसार दैनिक दुई दर्जनभन्दा बढी सभासद् र तिनका कार्यकर्ता कार्यक्रमसहित बजेट माग्न कृषि विकास मन्त्रालयमा आउने गरेका छन्।

एकीकृत नेकपा (माओवादी) रूकुमका सभासद् दलजित विके श्रीपाइली, सोही पार्टीका पाल्पाका सभासद् तुलसा राना र तेजकुमारी पौडेल, नेपाली कांग्रेस धनुषाका रामकृष्ण यादव र हुम्लाका रीता शाही, नेकपा एमाले झापाका सभासद् तथा सचेतक अग्नीप्रसाद खरेललगायतकाले कार्यक्रमको सूची नै बोकेर मन्त्रालयमा बजेट माग गरेका छन्।