काठमाडौं, ७ असार । आठदलीय मधेसी मोर्चाभित्रका पाँच दलले निष्काशित गरेपछि फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले नयाँ मधेसी मोर्चा निर्माण थालेका छन् ।
आइतबार बिहान सानेपास्थित निवासमा गच्छदारले साना मधेसी दलका शीर्ष नेताहरु डाकेर नयाँ मोर्चा बनाएर गएमात्रै अरु मधेसी दलहरुको वैचारिक प्रतिरोध गर्न सकिने बताएको कान्तिपुर दैनिकले छापेको छ ।
बैठकमा राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी र नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झा उपस्थित थिए ।
यसैगरी दुई दिनअघि सानेपा निवासमै गच्छदारले भण्डारी, झासहित फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव राखेर चार मधेसी दलको बैठक गरेको गच्छदारनिकट स्रोतले कान्तिपुरसँग बतायो ।
चार मधेसी दलले नयाँ मधेसी मोर्चाको औपचारिक घोषणा नहुन्जेल भेटघाट निरन्तर राख्ने समझदारी बनाएका छन् ।















प्रतिक्रिया