४ कार्तिक २०८३, बुधबार

किन आयो मध्यपश्चिममा भूकम्प ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rukum-ma--bhukampaकाठमाडौं, ६ असार । मध्यपूर्वी नेपालमा दैनिक भूकम्पका धक्का महसुस भइरहेको अवस्थामा पश्चिम नेपालमा पनि नयाँ भूकम्पको धक्का मापन गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार साँझ रुकुमको उत्तरी क्षेत्र जंग गाविसको भेरी नदीको मुहाननजिकै ५ दशमलव ४ रेक्टर सकेलको भूकम्प गएको राजधानी दैनिकले छापेको छ ।

गोरखा भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी भए पनि पछिल्लो समयमा त्यो क्रम जारी भएपनि पछिल्लो समयमा त्यो क्रम घट्दै गएका छन् ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘तर, शनिबार रुकुममा भूकम्प गएपछि नयाँ तरंग सिर्जना भएको छ ।

रुकुमको उत्तरी भागमा भूकम्प्को केन्द्रविन्दु भएपनि सदरमुकाममा भने कुनै असर नपरेको केन्द्रले जनाएको छ ।

सानो धक्का भएकाले त्यसपछि अन्य कुनै पूर्वानुमान गर्न नसकिने केन्द्रले जनाएको छ ।

भूगर्भविद्हरुले मुलुकको मध्य र पूर्वी क्षेत्रमा भूगर्भमा भएको शक्ति सञ्चय भएको बताउँदै आएका छन् । सोहीकारण मध्यपश्चिममा भूकम्प आउने क्रममा बढेको बताइएको छ ।