४ कार्तिक २०८३, बुधबार

होसियार यो रोगले तपाईहाम्रो ज्यान लिन सक्छ, तर सरकार बेखबर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriya Mersकाठमाडौं, ६ असार । दक्षिण कोरिया हुँदै थाइल्याण्डमा समेत भित्रिएको मिडिल इस्ट रेस्पीरेटोरी (मर्स) को भाइरस कुनै पनि बेला नेपाल भित्रने जोखिम बढेको छ ।

विज्ञहरुले नियन्त्रणका लागि पूर्वतयारी नभएकाले कुनै पनि बेला मर्सको संक्रमण नेपालमा फैलिन सक्ने चेतावनी दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

श्वासप्रस्वासबाट सजिलै एकअर्कामा सर्ने मर्सबाट दक्षिण एसियामा मात्र २४ जनाको ज्यान गइसकेको छ भने करिब दुई सयजना संक्रमित भएका छन् ।

केही महिनाअघि एउटा व्यक्तिलाई देखिएको उक्त संक्रमण घर तथा अस्पतालमा सतर्कता अपनाउन नसक्दा मिडिल इस्टमा मात्रै १५ सय बिरामी परेका थिए ।

थाइल्याण्डमा पनि एकजनामा यो रोग देखिएको छ । सरुवा रोग विशेषज्ञ डा। बासुदेव पाण्डेले नेपाल र कोरियाबीच प्रत्यक्ष सम्बन्ध भएकाले यहाँ संक्रमण फैलिने जोखिम बढेको हो ।

सातामा दुईपटक नेपालबाट कोरियाका लागि उडान भर्ने गरिन्छ भने कामका लागि कोरिया पुगेका सयौं नेपाली कोरियन पर्यटनसमेत नेपाल ओहोरदोहोर गरिरहेका छन् ।

उनीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समयमै प्रारम्भिक स्वास्थ्य जाँच ‘स्क्रिनिङ’ नभएमा उक्त संक्रमण भित्रिने सम्भावना बलियो छ ।