४ कार्तिक २०८३, बुधबार

यी हुन् दुई नागरिकताधारी रोजगार विभागका महानिर्देशक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat-subedi-1काठमाडौं, ६ असार । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले कानुनविपरीत किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।

नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी तीन वर्ष जागिर अवधि बढाउन उनले जन्ममिति सच्याई दोस्रो नागरिकता प्रमाणपत्र लिएको कान्तिपुर दैनिकले छापेको छ ।

निजामती प्रशासनमा प्रायःजसो विवाद र चर्चामा आइरहने विवादास्पद सहसचिव सुवेदीले गैरकानुनी रूपमा दुवै नागरिकता प्रमाणपत्र प्रयोग गरिरहेकोसमेत पाइएको छ ।

दुवै नागरिकतामा उनको जन्मस्थान र बाबुआमाको नाम एउटै छ । उनले निजामती किताबखानामा जागिर प्रयोजनका लागि उमेर घटाएको

नागरिकता पेस गरेका छन् । किताबखाना सम्पूर्ण निजामती कर्मचारीको सेवा प्रवेश, उमेर, पदोन्नति र अवकास मितिसहितको सबै विवरण राख्ने कार्यालय हो ।