१८ कार्तिक २०८३, बुधबार

समिरा शिवाकोटीको हत्या अभियुक्त अन्ततः अमेरिकी प्रहरीको फन्दामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samira-hatya

– विकासराज न्यौपाने

टेक्सास (अमेरिका), ६ असार । अमेरिकाको टेक्सासमा एक साता अघि हत्या गरिएकी समिरा सिवाकोटीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

हत्या लगायत विभिन्न चोरीमा संलग्न डियोन दिवान किंगस्टोनलाई कोलोनी पुलिस डिपार्टमेन्टले पक्राउ गरेको हो । शनिबार हत्याका अभियुक्तका बारेमा प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको छ । विभिन्न सुराकका आधारमा हत्यारा पक्राउ परेको प्रहरीले जनाएको छ ।

samira-siwakoti
प्रहरीले समिराको हत्या गरेको औपचारिक आरोप डियोनमाथि लगाएको छ। समिराको परिवारले संचालन गर्दै आएको र्‍यापिडो स्टोर लुटेपछि हत्याराले गोली चलाएको थियो । यसबाट दुई नाबालक छोरीको आमा ३१ बर्षीय समिराको प्राण गएको थियो ।

हेर्नुस् भिडियो:

हत्यापछि हत्यारा छिमेकमा लुकेको थियो । हत्याराको बारेमा सुराक दिनेलाई प्रहरीले १० हजार डलरको पुरस्कार घोषणा गरेको थियो । स्थानीय प्रहरीले हत्याराको पक्राउका लागि एफवीआई, जासुसी सयन्त्र लगायत छिमेकका प्रहरी निकायसंग पनि समन्वय गरेको थियो ।

Samira-siwakoti
समिराको परिवारलाई शुक्रबार साझँनै हत्यारा पक्राउ परेको जानकारी दिइएको थियो । ‘मेरो पत्नीको आत्माले अन्ततः शान्ति पाउने भयो’- समिराका पति नबराज शिवाकोटीले हत्याका अभियुक्त पक्राउपछि प्रहरीलाई भने ।

अज्ञात व्यक्तिले हत्यारा लुकेको बारेमा जानकारी गराएका थिए । यी आधारमा प्रहरी परिचालन गरिएको थियो ।

समिराका पतिको यो बिलौना, हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=WbqPPEuvaAQ