३० आश्विन २०८३, शुक्रबार

एलएलसीमा छात्र भन्दा छात्रा किन बढी फेल हुन्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc

काठमाडौं, ५ असार । यस वर्षको प्रवेशिका परीक्षामा करिब २ लाख विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार यस वर्षको उत्तीर्ण विद्यार्थी प्रतिशत ४७ दशमलव ४३ प्रतिशत छ । जसमा ५० प्रतिशत भन्दा बढी केटा विद्यार्थी उत्तीर्ण भएका छन् ।

तर, एसएलसी परीक्षा २०७१ मा सबैभन्दा बढी केटी विद्यार्थी सहभागी थिए । एसएलसी परीक्षाको नियमिततर्फ यस वर्ष २ लाख ३ हजार १ सय ७५ केटी सहभागी थिए । उत्तीर्ण ४० दशमलव ९६ प्रतिशत मात्रै भए ।

यो वर्षको एसएलसीमा २ लाख २ हजार १ सय ६३ केटाहरु सभागी थिए । यीमध्ये ५३ दशमवलव ९४ प्रतिशत उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैगरी एक्जाम्टेडमा ५४ हजार ७८५ केटाहरुले परीक्षा दिए । तीमध्ये ८ हजार ७ सय जना उत्तीर्ण भए । केटीहरुतर्फ भने ८१ हजार २ सय ६६ परीक्षामा सहभागी भएकामा १० हजार ७८ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस विषयमा परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले विद्यार्थीको क्षमता र घरपरिवारको अवस्थाले नतिजामा असर पार्ने बताए । उनले भने-‘उत्तीर्ण हुने कुरा परिवार समाज र विद्यार्थीको पढ्ने बानीमा भर पर्छ, तर हाम्रो नेपालका ग्रामिण भेगमा अझै छोरी चेलीलाई काममा लगाउने कारणले पनि नतिजामा कमी आएको हुन् सक्छ ।’

परीक्षा नियन्त्रक द्वारेले बताए अनुसार नेपालका अधिकांश ग्रामिण समाजमा पढ्ने वातावरणको अभावमा केटी विद्यार्थीको नतिजा प्रत्येक वर्ष खस्किँदै गएको हो ।