काठमाडौं, ५ असार । शुक्रबार उनको जन्मदिन । शुक्रबारै उनले एसएलसी परीक्षामा फस्ट डिभिजन ल्याइन् । अफसोच न उनाको जन्मदिन मनाइयो न सफलताको उत्सव ।
भक्तपुर तौलाछे १ की एलिसा ग्वाँछाले एसएलसी परीक्षा त दिइन तर नतिजा नआउँदै उनको भौतिक शरीरले धर्तीबाट बिदा लियो । नागरिक दैनिकले समाचार छापेको छ ।
वैशाख १२ गते भूकम्पमा परि घाइते उनको उपचारका क्रममा जेठ १ गते वीर अस्पतालमा निधन भएको थियो ।
फलामे ढोका पार गर्नुअघि नै एलिसाको जीवन यात्रा रोकियो ।















प्रतिक्रिया