काठमाडौं, ४ असार । विदेशमा रहेका नेपालीहरूले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुकमा भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको ‘ख’ वर्गको सेवा विकास बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा सेवा विकास बैक लिका शाखाहरूबाट भुक्तानी लिन सकिने छ । सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन र सेवा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री महेश प्रसाद काफ्लेले हस्ताक्षर गर्नुभयो ।
८ वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालयमार्पmत् तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोड्नलगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
पछिल्ला दिनमा सञ्जाल विस्तारलाई तीब्रता दिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । यो सम्झौतासँगै मुलुकभरबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका करिब ३ हजार ५ सय भन्दा बढी आधिकारिक स्थानीय ठाँउहरूबाट पनि सेवा लिन सकिने छ ।















प्रतिक्रिया