३० आश्विन २०८३, शुक्रबार

एसएलसीको रिजल्ट दिउँसो साढे १२ बजे सार्वजनिक हुने, प्राविधिक तर्फका सबै पास हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC Girlभक्तपुर, ४ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विसं २०७१को प्रवेशिका परीक्षाको नतिजा आज दिउँसो साढे १२ बजेभित्रै सार्वजनिक गर्दैछ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान ११ बजे बोर्ड बैठक बस्ने र त्यही बैठकको निर्णय अनुसार सार्वजनिक गरिने जानकारी दिनुभयो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पु¥याएका कारण केही दिन ढिलो हुने भएको हो ।

परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर दिउँसो साढे १२ बजेभित्रै परीक्षाफल सार्वजनिक गरिने बताउनुभयो ।

प्राविधिकको एक साता ढिलो : कोही अनुत्तीर्ण नहुने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने बताउँदै परीक्षा नियन्त्रक द्वारेले भन्नुभयो–‘आज दिउँसो साढे १२ बजेसम्म एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्नेछौं, त्यसको एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।’

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।