३० आश्विन २०८३, शुक्रबार

रेखा थापाका ‘प्रेमी’ले दिए मार्ने धम्की (अडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha-thapa-with-sudarshan-gautam
फाइल फोटो

काठमाडौँ, ३ असार । नायिका रेखा थापाका प्रेमीका रुपमा चर्चामा आएका कलाकार सुदर्शन गौतमले मार्ने धम्की दिएका छन् ।

फिल्मी डिजिटल पत्रिका फिल्मीबजार डटकम संचालन गर्दै आएका पत्रकार श्यामसुन्दर (प्रसाद) गिरीलाई फिल्मी समाचार सम्प्रेषण गरेकै आधारमा ज्यान मार्ने धम्की दिएका हुन् ।

फिल्म सम्वन्धी गसिपहरुसमेत लेखिने फिल्मीबजार डटकममा २०७२ असार १ गते ‘भूकम्प पीडितका नाममा राहत संकलन भनी अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा प्रकाशित गसिपमा अभिनेत्री रेखा थापासँग नाम जोडिएका सुदर्शन गौतमले अमेरिकाको टेक्सास राज्यको फोन नम्वर १५१२५९०४०१२ बाट गिरीको मोवाइलमा फोन गरी अपशब्द बोल्दै ज्यान मार्ने धम्की दिएको पिडित पत्रकारको भनाइ छ। धम्की दिने क्रममा गौतमले काटेर चोभारको डाँडामा र बागमतीमा फाल्ने चेतावनी पटक पटक दिएको अवस्थामा पीडित पत्रकार गिरी ज्यानको सुरक्षा गराइपाउँ भन्दै सम्वन्धित निकायमा धाइरहेको प्रेस युनियनबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

रेखा थापाका प्रेमीका रुपमा चर्चामा आएका कलाकार थापा अहिले अमेरिकामा बस्दै आएका छन् । उनी रेखाले निर्माण गरेको हिम्मतवालीका नायक समेत थिए । उनीहरुबीच अगाढ प्रेम सम्बन्धका तस्वीर केही समय अघिसम्म फेसबुकमा छाए पनि अहिले त्यो क्रम केही हराएको छ ।

https://www.youtube.com/watch?v=6qPN9_tCTPc