३० आश्विन २०८३, शुक्रबार

आदर्शका कुरा गर्ने नेताले नै दाईजोमा मागे स्कर्पियो गाडी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Brigesh-kumar-gupataकाठमाडौँ, ३ असार । कपिलवस्तु निवासी सङ्गीता वृजेश गुप्ताले आफूमाथि श्रीमान्ले घरेलु हिंसा गरेको भन्दै न्यायका लागि आग्रह गर्नुभएको छ ।

गुप्ताले यहाँ आज पत्रकार सम्मेलन गरी श्रीमान् सभासद् (वर्तमान संविधानसभा सदस्य) तथा तमलोपाका नेता वृजेशकुमार गुप्ताले दाइजोको कारण देखाउँदै पटक–पटक कुटपिट गरेको, विवाह गरेको सात वर्षसम्म पनि विवाह दर्ता र नागरिकता नबनाइदिएको भन्दै न्यायका लागि आग्रह गर्नुभएको हो ।

“विवाहपछि मेरो श्रीमान्ले दाइजो स्वरूप स्कर्पियो गाडीको माग गर्दै आउनुभएको थियो, उहाँको माग मेरो माइतीबाट पूरा गर्न नसकेपछि ममाथि ज्यादती गर्दै आउनुभएको छ” – गुप्ताले भन्नुभयो ।

चार वर्षको छोराको जन्म दर्ता नगरिदिएको, पटक–पटक सम्बन्ध विच्छेद गर्न दबाब दिएको र पटक–पटक गर्भपतन गराउनसमेत दबाब दिएको उहाँको भनाइ छ ।

विगत चार महिनादेखि श्रीमान्ले धम्की दिँदै घरबाट निकालिदिएको उहाँले गुनासो गर्नुभयो ।
गुप्ताले न्यायका लागि भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय महिला आयोगलाई समेत ज्ञापनपत्र र निवेदन दिएको तर त्यसको सुनुवाइ नभएको बताउनुभयो ।

महिला आयोगका प्रवक्ता मनु हुमागार्इंले पीडित गुप्ताका श्रीमान् वृजेश कुमारलाई आयोगमा उपस्थितिका लागि पटक–पटक पत्र पठाउँदासमेत उपस्थित नभएको बताउनुभयो । रासस