– ज्योति कटुवाल
दैलेख, ३ असार । द्वारी गाविस– १ की सरिता घर्तीले सोँच्नुभएकै थिएन, भैँंसीपालेर यति धेरै लाभ लिन सकिएला भनेर । विपन्न परिवारकी उनले संस्थाबाट ऋण लिएर भैँसी पालेपछि दूध, दही, घीउ बेचेर यथेष्ट आम्दानी गर्न थाल्नुभएको छ ।
सदरमुकामदेखि २८ किलोमिटर टाढा रहेको उनको बस्तीका सबै मानिसको मुख्य पेसा खेतीपाती नै हो । आयआर्जनको बाटो पत्ता नलाग्दा घरायसी समस्यामै रुमल्एिका सरिताजस्ता धेरै परिवारका घरमूली संस्थामा आवद्ध भए । विसं २०६५ मा गरिबी निवारण कोषको आर्थिक सहयोग तथा एभरेस्ट क्लबका कर्मचारी द्वारी पुगेपछि मेहेलडाँडा सामुदायिक संस्था गठन गरेर सबैजना त्यसमै आवद्ध हुनुभयो ।
“एघार जनाको परिवार पाल्न समस्या । सम्पत्तिको नाममा एक रोपनी जग्गा र एउटा गाई मात्र थियो” उहाँले भन्नुभयो,” “ठूलो परिवार भएकोले घरखर्च चलाउन र दैनिक छाक टार्नका लागि अरुको मेलापात र निबेक गर्न जान्थे । पछि समूह गठन भएपछि ऋण लिएर भैंँसी किनेँं । भैंँसीपालेर आम्दानीको बाटो रोजियो ।” अहिले मेहेलडाँडा सामुदायिक संस्थामा ३७ जना सदस्य छन् ।
कार्यक्रम सञ्चालनको प्रक्रिया पूरा भई यस सामुदायिक संस्थामा आयआर्जन क्रियाकलाप सञ्चालनका लागि गरिबी निवारण कोषबाट अनुदान रकम प्राप्त भयो । सरिताले पनि आयआर्जनका लागि सामुदायिक संस्थाबाट ऋण स्वरुप रु २० हजार र व्यक्तिगत रु १० हजार ऋण लिई भैँसीपालन व्यवसाय सुरु गर्नुभएको हो । सो रकमब्ँट एउटा ब्याउने भैंँसी किन्नुभयो । उहाँलाई चिन्ता थियो, जाबो एउटा भैँससीबाट मात्र के फाइदा लिन सकिएला र ? विस्तारै मेहनत र परिश्रम गर्दै जाँदा छ महिनापछि भैँसी ब्यायो ।
भैँंसीले दैनिक ६ देखि सात लिटर दूध दिन थाल्यो । बजारको समस्याको कारण दैनिक दूध बेच्ने समस्या भएका कारण उहाँले घीउ बनाई बिक्री गर्न थाल्नुभयो । “महिनामा सातदेखि आठ किलो घीउ बिक्री गरेर रु तीन हजार ५०० सम्म कमाउन सकिएको छ” उहाँले भन्नुभयो । उहाँले विस्तारै सामुदायिक संस्थाको ऋण घटाउँदै लैजानु भयो ।
भैँसीको मल हालेपछि खेतीपाती पनि सर्पिदै गयो । विस्तारै आम्दानी बढ्न थालेपछि काम गर्ने जोस जाँगर समेत बढ्दै गयो । आर्थिक अवस्था सुध्रिदै गयो । उहाँले घिउको आम्दानीबाट दुई वर्षमा समूहको ऋण र व्यक्तिको ऋण भुक्तानी गर्न सफल हुनुभएको छ । आम्दानी बढेपछि उहाँले अहिले दुई वटा भैँसी थप्नु भएको छ । रासस
















प्रतिक्रिया