भैरहवा, २ असार । बुटवल पाल्पा सडकखण्ड अन्र्तगत पर्ने सिद्धबाबामा आज बुधवार दिउसों सुख्खा पहिरो खस्दा दुई जना चिकित्सकको ज्यान गएको छ ।
सुख्खा पहिरो खस्दा पाल्पाबाट बुटवल तर्फ आउदैं गरेको लु १ च २७० नम्बरको जिप्सी पुरिएको थियो । सो जिप्सीमा सवार चिकित्सकहरु प्रा.डा. तरुण दिपसिंह र प्रा.डा. यशोदा कोचरको मृत्यु भएका प्रहरीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यलय लुम्बिनीका प्रमुख एसएसपी गणेश केसीले दिएको जानकारी अनुसार जिप्सीमा सवार चिकित्सक दम्पति लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा कार्यरत थिए ।
प्रा.डा . कोचर प्रसुतिरोग विशषज्ञ हुन् भने प्रा.डा. सिंह नेत्र रोग विशषज्ञ हुन् । जिप्सीमा सवार अन्य २ जना चिकित्सकहरु डा. मिकरानी र डा. प्रतिक घाईते भएको हुँदा बुटवलमा उपचार भईरहेको एसएसपी केसीले जनाए ।
सो सडक खण्डमा सुख्खा पहिरोसंगै ढुंगाहरु पनि खस्ने हुदा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ ।
















प्रतिक्रिया