३० आश्विन २०८३, शुक्रबार

गुन्डाहरुसँग मिलेर अवैध बालुवाखानी चलाउँदै छन् झलनाथका छोरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanalकाठमाडौं, २ असार । हेटौंडामा बीस करोडको कारखाना (लोठसल्लासँग सम्बन्धित), केही जलविद्युत आयोजनाहरुमा सेयर र राजधानीमा भव्य महल भएर के गर्नु , जब एक मात्र छोरा गुन्डाहरुसँग मिलेर बालुवाखानी चलाउन लाग्छ भने ।

यस्तै परेको छ अहिले एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई । आफ्नो एकमात्र छोरा निर्भीक खनाललाई अमेरिकामा पढाएर झलनाथले सायद देशको ठूलै मान्छे बनाउने सपना देखेका थिए, तर निर्भीकको रुची कहिल्यै बोद्धिक कार्यतर्फ रहेन । केवल पैसा नै उनको प्राथमिकतामा परिरह्यो ।

मौका पर्दा विमानस्थलका विभिन्न धन्दामा समेत संलग्न हुन पछि पर्दैनन् उनी । यसपटक उनी राजधानीका गुन्डाहरुसँग मिलेर काठमाडौंको डाँछीमा बालुवाखानी चलाउने धन्दामा संलग्न रहेको जानकारी प्राप्त भएको छ । समाचारअनुसार निर्भीक डाँछीस्थित मदन भण्डारी कलेज भवन निर्माणका लागि छुट्याइएको जमिनबाट बालुवा निकालेर बिक्री गर्न तयार भएका हुन् ।

एक त अवैध धन्दा, त्यसमाथि एमाले र सिङ्गै देशबासीले सम्मान गर्दै आएका मदन भण्डारीको नाममा बन्न लागेको कलेजको जमिन कब्जा गर्ने कुरा , एमालेका नेता कार्यकर्ताले यस कुराको सुइँको पाए भने निर्भीक र यिनका पिता झलनाथ खनालप्रति एमालेका नेता–कार्यकर्ताको धारणा कस्तो होला ?

अहिलेसम्म झलनाथका छोरा बालुवाखानीमा लागेको जानकारी एमाले कार्यकर्तालाई छैन, बालुवाखानी चलाउन अमेरिका पुगेर पढ्नुपर्दैन भन्ने सबैले बुझेका छन् र खनालपुत्र यसप्रकारको कल्पनासम्म पनि कसैले गरेका छैनन् । आजको घटना र विचार साप्ताहिकले यो खबर छापेको छ ।