काठमाडौं, २ असार । नगद लुटी भाग्दै गरेको अवस्थामा काठमाडौं कपन बस्ने रसुवा डाँडागाँउ–५ का ३६ वर्षीय धनबहादुर लामालाई नगद ९६ हजार रुपैयाँसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१५ हलचोकमा काठमाडौं गोंगबु बस्ने वर्दिया खैरापुर नगरपालिका–२ का ३४ वर्षीय मानसिंह सुनारले प्रभू मनि ट्रान्फरबाट नगद ९६ हजार रुपैयाँ निकाली फर्कने क्रममा नगद लुटिएको थियो ।
मनि ट्रान्सफरबाट फर्कदा सोही ठाउँस्थित बुद्धपार्क नजिकै पुग्दा ३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले पकेटरुमालभित्र पत्रिकाको टुक्रा राखी डलर साटीदिन्छु भनी रकम लुटी भाग्दै गर्दा प्रहरीले लामालाई उक्त नगद सहित पक्राउ गरेको हो ।
अन्य २ जना लुटेरा फरार रहेका छन् । फरारमध्ये १ जना रसुवा डाँडागाँउ–५ बस्ने ३५ वर्षीय लालबहादुर मगर रहेका छन् । फरार २ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया