३० आश्विन २०८३, शुक्रबार

एनसेलको सिमकार्ड खरिद गर्दा उपहार योजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncell-logo

– अनिल खत्री

गुल्मी, १  असार । गुल्मीमा चलिरहेको भारतीय पेन्सन क्याम्पलाई मध्यनजर राखेर एनसेल नेपालले बिभिन्न उपहार योजना ल्याएको छ । क्याम्पको अबसरमा एनसेल नेपालले सिमकार्ड खरिद गर्दा बिभिन्न उपहार योजना जारमा ल्याएको हो ।

सदरमुकाम तम्घासमा १५ दिनसम्म संञ्चालन हुने पेन्सन वितरण क्याम्पबाट गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची, प्युठान लगायतका ठाउँका भुपु भारतीय सैनिकहरु करिव ७ हजार ५ सयले पेन्सन क्याम्पमा बुभ्mने गर्दछन् ।

एनसेल नेपालले सिम अफर योजना अनुसार ग्राहकले एउटा एनसेल सिमकार्ड खरिद गर्दा एनसेल नेपाल लेखेको डायरी र पेन उपहार योजना ल्याएको छ । त्यस्तै दुई वटा एनसेल सिम काड खरिद गर्दा एनसेल नेपाल लेखेको डायरी, पेन र रु ५० को रिचार्ज कार्ड पनि उपहार योजनामा समावेश गरेको एनसेल नेपालका गुल्मी जिल्लाका अधिकृत बिक्रेता जनक पन्तले बताए । गुल्मी जिल्लाको तम्घासमा एनसेल नेपालको स्टल राखी उक्त उपहार योजनाको सिमकार्ड बिक्री गरिएको पन्तले बताए ।

मंगलवारसम्म तम्घासमा राखिएको स्टलबाट १ सय ७५ जना बृद्धा पेनसनर तथा ग्राहकले उक्त उपहार योजनाको एनसेल सिमकार्ड खरिद गरेको पन्तले बताए । एनसेल नेपाललेले राखेको स्टलमा एकप्रति नागरिताको फोटोकपी र एकप्रति पासपोर्ट साइजको फोटो सहित आश्यकता अनुसार उपहार योजनाको सिमकार्ड किन्न सकिने पन्तले बताए । यो उपहार योजना गुल्मी जिल्लामा यही भारतीय पेन्सन क्याम्प अबधिभर रहने बताइएको छ ।