काठमाडौं । सप्तरीबाट रोजगारीका सिलसिलामा मलेसिया गएका एक नेपाली युवकको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीको बरहीवीरपुर गाविस–९ निवासी रुद्रिलाल यादवको २३ वर्षीय छोरा प्रभुकुमार यादवको मृत्यु भएको छ ।
मलेसियाको माइटेक कम्पनीमा कार्यरत यादवको राति अचानक पेट दुःखेको र तत्कालै अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
‘लाउलाउ खाउ खाउ उमेर धन कमाउन गएको थियो, आज लास पाउन पनि मुश्किल पर्यो ।’ बुबा रुद्रिलालले भने । उनका परिवारले भने छोराको शव नेपाल ल्याइदिनका लागि सरकारसँग आग्रहसमेत गरेका छन् ।















प्रतिक्रिया