३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगारमा जाने युवा सचेत बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh-abroadपाल्पा । विदेशमा रोजगारीका लागि जाँदा सकेसम्म संस्था मार्फत जानुपर्छ । कुनै मेनपावरले भिसा मिलाएको हो तर व्यक्तिगत रुपमा पठाइँदै छ भनी त्यो ठगी हो ।

यदी व्यक्तिगत सम्र्पकबाट जाने हो भने नजिकको र विश्वासिलो नातेदारबाट आएको राहदानी प्रयोग गरेर मात्र विदेश जानुपर्छ भन्ने पाल्पा तेल्घा गाविस–४ का १८ वर्षीय मनोज दर्जीलाई परामर्शपछि मात्र थाहा भयो । पहिलो पटक विदेश जान थालेका दर्जी अव विदेश जाँदा आफू र आफ्ना साथी दलालबाट नठगिने बताउनुहुन्छ ।

नेपाल सरकारबाट मान्यत प्राप्त स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुपर्छ । यदी गलत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई विदेश गएमा स्वास्थ्य सम्बन्धी समस्या आएर फर्कनुपर्ने भएमा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट प्राप्त कुनै किसिमको क्षतिपूर्ति पाइदँैन । यो विषयमा दर्जीलाई प्रवासी नेपाली समन्वय समिति पाल्पाद्वारा सञ्चालित वैदेशिक रोजगारमा जाने युवाका लागि परामर्श सेवाबाट धेरै कुराको जानकारी भएपछि उनी निकै खुसी छन् ।

तानसेन नगरपालिका–४ का सुरज नेपाली विदेश जाने सुरसारमा छन् । नेपाली यो भन्दाअघि विदेश जानुभएको छैन । १८ वर्षीय नेपालीलाई विदेश जाने विषयमा व्यक्ति वा संस्थालाई तिर्ने रकमको भरपाई वा बील अनियवार्य रुपमा लिनुपर्छ भन्ने थाहा छैन ।

“पैसा तिरेको जति रकमको बील वा भरपाई दिएन भने ठगीमा परिदँैछ भन्ने कुरा परामर्श केन्द्रबाट थाहा भयो” उहाँले भन्नुभयो । यसका अलावा करारनामा, बिमा, श्रम स्वीकृति पत्र आफूसँगै एकप्रति हुनुपर्छ । सो कागजपत्र आफ्ना परिवारजनसँग दिनुपर्छ । नेपालको विमानस्थल प्रयोग गर्नुपर्नेमा सो नगरी विदेशका विमानस्थल प्रयोग गरेर विदेश पठाउन थालेमा ठगिने सम्भावना बढी हुन्छ ।

जिल्लामा परामर्श लिएर मात्र विदेश जाने विस्तारै बढ्न थालेका छन् । यहाँ पछिल्लो तीन वर्षको अवधिमा १३ हजार ८४७ जना परामर्श लिएर मात्र विदेश गएका छन् । विदेशमा जानुअघि नेपालमा कुन कुन काम गर्नुपर्ने र विदेशमासमेत कुन कुन काम गर्न हुने र कुन कुन काम गर्न नहुने भन्नेबारेमा युवाहरु सचेत बनेका छन् ।

प्रवासी नेपाली समन्वय समिति पाल्पाद्वारा सञ्चालित सुरक्षित वैदेशिक रोजगारका लागि ‘परामर्श सेवा’ कार्यक्रम सञ्चालन भएपछि यहाँका पाल्पाका युवा विदेश जानुभन्दा अघि सचेत हुने गरेको नेपाल पत्रकार महासङ्घ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्माको भनाइ छ ।

नेपाल सरकार र ओपन सोसाइटीको सहयोगमा जिल्ला प्रशासन कार्यालयस्थित प्रवासी नेपाली समन्वय समितिको डेस्कमार्फत राहदानी बुझेपछि त्यहाँबाट परामर्श लिने वातावरण मिलाएको प्रवासी नेपाली समन्वय समिति पाल्पाकी संयोजक ज्योति कार्कीले बताउनुभयो । रासस