२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिलाई किन भेटे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Baran-yadav-Sushil-Koiralaकाठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आज साँझ राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति डा यादवसँग भेटवार्ता गर्नुभएको हो । पछिल्लो समयको राजनीतिक अवस्था, राष्ट्रिय सरकार, राष्ट्रपति पद हस्तान्तरण तथा संविधान निर्माणका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री सुशील कोइराला राष्ट्रपति हुने विषयमा चर्चा भइरहदा राष्ट्रपति को बन्ने विषयमा समेत छलफल भएको थियो ।

साथै प्रधानमन्त्री कोइरालाले संविधान निर्माण प्रक्रिया र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले बताउनुभयो ।