
काठमाडौं, ३० जेठ । ससुरासँग झगडा परेपछि काठमाडौंको कीर्तिपुरमा एक युवकले बारुद विस्फोट गराएका छन् ।
कीर्तिपुर नगरपालिका–१२ खत्रीछापमा छाताको डण्डीमा बारुद र सलाईको काटी राखी पड्काउने सल्यान भल्चौर–५ का २४ वर्षीय पवन चन्दलाई प्रहरीले निवार पक्राउ गरेको छ ।
चन्दले शुक्रबार कीर्तिपुरमा बन्दुक पड्काएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरको प्रहरी पुग्दा सोही ठाउँमा तरकारी पसल गरी बस्ने चन्दले उनकै ससुरा वीरबहादुर हमालसँग विवाद गरी ससुराको तरकारी पसलमा कटुवा पेस्तोल पड्काई फरार भएको स्थानियबासीले बताएका थिए ।
फरार चन्दलाई गएराति नियन्त्रणमा लिएर सोधपुछ गर्दा छाताको डण्डीमा बारुद र सलाईको काँटी राखी पड्काएको खुल्न आएको हो । साथै ससुरा हमाललाई समेत सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया