३० आश्विन २०८३, शुक्रबार

टेलिकमको पोष्टपेड नम्बरमा रिचार्ज हुन छाड्यो, सेवाग्राही समस्यामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-telecomगोलबजार, २९ जेठ । नेपाल टेलिकमको पोष्टपेड नम्बरमा रिचार्ज नभएपछि लाखौँ सेवाग्राही समस्यामा परेका छन् । टेलिकमले नयाँ रिचार्ज कार्ड बजारमा ल्याएपछि पोष्टपेड नम्बरमा रिचार्ज हुन समस्या देखिएको हो ।

बजारमा रिचार्ज कार्ड किनेर मोबाइलमा रिचार्ज गर्दा नहुने गरेको लहान नगरपालिका– १० का विजय यादवले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – “रिचार्ज कार्ड किनेर तीन घन्टासम्म हैरान भएँ । तर पनि रिचार्ज नभएपछि टेलिकम कार्यालयमा गएर बुझ्दा नयाँ रिचार्ज कार्ड बजारमा आएकाले समस्या देखिएको कर्मचारीले बताए ।”

टेलिकमले एक सातापछि रिचार्ज गर्न देखिएको समस्या समाधान हुने जनाएको सेवाग्राही यादवले बताउनुभयो । उहाँले त्यहाँका कर्मचारीले पुरानो रिचार्ज कार्ड किनेर काम चलाउन बताए पनि बजारमा भने पुरानो रिचार्ज कार्ड नभेटेको गुनासो गर्नुभयो ।

रिचार्जमा देखिएको समस्या समाधान गर्न करिब एक सातासम्म लाग्ने नेपाल टेलिकम शाखा लहानले जनाएको छ । कार्यालयका अनुसार नयाँ रिचार्ज कार्डबाट टेलिकमको प्रिपेड नम्बरमा भने रिचार्ज गर्न समस्या देखिएको छैन । रासस