६ कार्तिक २०८३, शुक्रबार

ट्रकको ठक्करबाट एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदिप अधिकारी
बर्दिया, २९ जेठ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत बर्दियाको भुरिगाउँमा ट्रकको ठक्करवाट बिहीबार साझ एक जनाको ज्यान गएको छ ।

पूर्व हेटौडाबाट पश्चिम महेन्द्रनगर जाँदै गरेको ना २ ख ६१७४ नम्वरको ट्रकले ठक्कर दिदा नेउलापुर– ६ कञ्चनपुर का मनिराम पोख्रेलको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

ट्रकले पोख्रेललाई भुरिगाउँ चोक नजिकै ठक्कर दिएको थियो । ट्रकको ठक्करले उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

ठक्करबाट गभ्भिर घाइते भएका पोख्रलको बिहीबार साझ उपचारका क्रममा नेपालगंजस्थित नसिग होम मृत्यु भएको प्रहरीले जनायो । ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले नियन्त्रणमा लिएको छ ।