६ कार्तिक २०८३, शुक्रबार

निर्देशन अवज्ञा गर्ने ११ जनामाथि कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २९ जेठ । विराटनगर उपमहानगरपालिकाले निर्देशन अवज्ञा गर्दै घर बनाउने ११ जनामाथि कारबाही गरेको छ ।

भवन आचारसंहिताविपरीत घर बनाएपछि उपमहानगरपालिकाले ११ घरधनीलाई कारबाही गरेको हो ।

उपमहानगरपालिका घरनक्सा शाखाका इन्जिनियर गोपाल पोखरेलका अनुसार गत वैशाख १२ र २९ गतेको भूकम्पपछि सरकारले नयाँ घर निर्माण अनुमति तथा विस्तारमा रोक लगाए पनि त्यसको अवज्ञा गर्दै घर बनाउन थालेपछि कारबाही गरिएको हो ।

उपमहानगरपालिकाले विराटनगर १, २, ३, १३ र १८ नम्बर वडामा निर्माणाधीन घरको निर्माण रोकेको हो ।

अनुगमनका क्रममा फेला परेका केही र केहीका छिमेकीले दिएको उजुरीका आधारमा कारबाही गरिएको उपमहानगरपालिकाले जनाएको छ ।