काठमाडौं, २८ जेठ । राष्ट्रिय अनुसन्धान बिभाग अछाममा कार्यरत अछाम दशरथचन्द नगरपालिका–४ का सहायक सूचक करनराम लोहार बिहिबार मृत अवस्थामा फेला परेका छन् ।
अछाम साँफे पक्की पुल नजिकै जेठ २५ गते अर्धचेत अबस्थामा फेला परेका लोहारलाई सशस्त्र प्रहरी बल खप्तड गुल्म साफेले फेला पारी ईलाका प्रहरी कार्यालय साँफेमा बुझाएपछि तत्काल उपचारको लागि बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारका लागि नकै साथी सहायक सूचक मुकेश रावललाई कुरुवा राखिएको थियो । तर, त्यही राति उनी अस्पतालबाट वेपत्ता भएका थिए । बेपत्ता लोहारको लास ३ दिनपछि अस्पतालबाट करिब २ सय मिटर टाढा जंगलमा मृत अबस्थामा भेटिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घटनाको प्रहरीले सुक्ष्म तरिकाबाट छानविन गरिरहेको छ । वेहोस अवस्थामा अस्पतालमा भर्ना भएका उनको लास कसरी जंगलमा भेटियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया