६ कार्तिक २०८३, शुक्रबार

अमेरिका पठाई दिन्छु भनि महिलालाई ठग्ने नरेश पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naresh-Dcकाठमाडौं, २८ जेठ । गाउँका महिलालाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका-२९ ठमेलस्थित ग्रिन पेजेज पव्लिकेशन हाउसका संचालक सल्यान कोटवारा गाविस–९ का ३८ वर्षीय नरेश डिसीलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कास्की लेखनाथ नगरपालिका–१२ बस्ने एक महिलालाई डि.सी.ले अमेरिकामा राम्रो जागिर लगाइदिन्छु भनि विभिन्न प्रलोभन देखाई नगद २१ लाख ८० हजार रुपैयाँ र राहदानी लिई ठगी गरी भागि हिँडिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

उनको ठमेलस्थित कार्यालयबाट विभिन्न व्यक्तिहरुका राहदानी, जागिर लगाई दिन भनि संकलन गरेका बायोडाटा, मार्कसिट तथा सर्टिफिकेटसहितका कागजातहरुसमेत बरामद भएको छ । उनलाई कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।