६ कार्तिक २०८३, शुक्रबार

भूकम्प पीडितलाई बागलुङ सेवा समाज अमेरिकाको ३ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung-rahat

– रबिना बोहरा

बागलुङ, २८ जेठ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित बनेका बागलुङ जिल्लाका पीडितहरुलाई बागलुङ सेवा समाज अमेरीकाले २० लाख बराबरको जस्ता पाता र राहत हस्तान्तरण गरेको छ ।

समाजले बिहिबार राहत हस्तान्तरण कार्यक्रमको आयोजना गरी प्रति मृतक परिवार २० हजारका दरले राहत वितरण गरेको हो । समाजले विहिबार बागलुङ र पर्वत जिल्लाका ६ जना परिवारलाई राहत दिएको छ भने अन्य बा“की परिवारलाई २० हजारका दरले पछि दिने जनाएको छ । बागलुङ जिल्लाको भकुण्डे, हटिया, अमलाचौर, तित्याङ, हरिचौर गाविस र पर्वत जिल्लाका एक जना एकल महिलालाई राहत प्रदान गरेको हो ।

समाजका सल्लाहकार गौरीश्वर शर्माले प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई जस्ता पाता हस्तान्तरण गर्दै सर्वप्रथम अति विपन्न, आय स्रोत कम भएका र एकल महिलालाई केन्द्रित गरी जस्ता पाता वितरण गर्न आग्रह गर्नुभयो । उहाले जिल्लामा बढी क्षति भएका विद्यालयलाई पनि जस्ता पाता हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । साथै समाजले सर्वसिद्धिधाम पञ्चकोटमा बनाउन लागिएको कलशका लागी २५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जिल्लामा भूकम्पले क्षति बनाएका घर परिवारका लागी राजनीतिक दल, गाविस सचिव एवं जिल्लाका संघ संस्थाले महत्वपुर्ण सहयोग गरेको बताउनुभयो ।

पहिलो चरणको राहत सरकारले वितरण गरेको भन्दै उहाले दोस्रो चरणको राहत विभिन्न संघ संस्थाहरु पनि उतिकै गरेको बताउनुभयो । पौडेलले बागलुङ सेवा समाजले दिएको जस्ता पातालाई सरकारको मापदण्डमा नपर्ने पिडितलाई सहयोग गर्ने भन्दै बास्तविक पीडितले राहत पाउनुपर्ने बताउनुभयो ।

बास्तविक भूकम्प पीडितहरुका लागि सरकारबाट पनि जस्ता पाता प्रदान गर्न २ करोडको माग गरिरहेको भन्दै जिल्लामा अब भूकम्प पीडितहरुलाई परिचय पत्र वितरण कार्य अगाडी बढाउने बताउनुभयो ।

पुनः निर्माणको चरणमा ‘क’ र ‘ख’ बर्गका भूकम्प पीडित छुट्याएर अस्थाई छाप्रो निर्माणका लागि क बर्गका पीडितलाई १५ हजारका दरले राहत दिने पौडेलकोे भनाई थियो । बागलुङ जिल्लामा ९ सयदेखि एक हजार परिवारले ‘क’ बर्गको परिचय पत्र पाउने र घर चर्केका परिवारलाई ‘ख’ बर्गको परिचय पत्र वितरण गरिने भएको छ ।