३० आश्विन २०८३, शुक्रबार

अर्बपति शेष घलेको आमाले रुँदै भनिन्, ‘सबैभन्दा अभागी रहेछु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

debimaya-ghale-shesh-ghale01debimaya-ghale-shesh-ghale11

स्थलगत रिपोर्ट

– विश्वास खड्काथोकी / दैनिक नेपाल

घलेगाउँ (लमजुङ) । नबुझेझैँ सोधेँ, देब्रे आँखामा के भएको आमा ? बुढी भए पनि बोली तगडा छ । देवीमाया घलेले दैनिक नेपाल संवाददातासँग भनिन्, ‘देब्रे आँखाले देख्दिन, आँखामा फुलो परेछ । धेरै अस्पतालमा पनि गएँ, तर आँखा बिग्रन्छ भनेर अप्रेशन गरिन ।’

देवीमाया बिहानै उठ्छिन् र अगेनामा भएभरको दाउरा घुसार्छिन् । उनकै घरबाट धुवाँ निस्केर सबैभन्दा पहिला गाउँ रंगिन्छ । देवीमायाले भनिन्, ‘बिहान खाना खान्छु । बेलुकी खानै रुच्दैन । सात बजेनै सुत्छु, एक बजेबाट निद्रै लाग्दैन । मनमा के–के कुरा खेलिरहन्छ । मेरो दुःख मैसँग बाबु ।’

तपाईँ त खुशी हुनु पर्ने होइन र ? थपिन्, ‘मजस्तो अभागी संसारमा कोही छैन । एक हिसावले खुशी पनि छु ।’