काठमाडौं, २८ जेठ । विवादास्पद जनजाती नेता आङकाजी शेर्पाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धम्की दिएका छन् ।
संघीयताको विषयलाई लिएर प्रचण्डले अन्य दलहरुसँग सम्झौता गरेको भन्दै आङकाजीले आफ्नो फेसबुकबाट मार्नेसम्मको धम्की दिएका हुन् ।
फेसबुकमा प्रेसर कुकर बमको फोटो राखेर उनले ‘प्रचण्ड जीवित रहनु १३ हजार शहिदको अपमान हो ।’ भन्दै धम्की दिएको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
सुरुमा एमाओवादी जातीय राज्यको पक्षमा अडान लिंदै आएकोमा सवत्र बिरोध पश्चात पछि हटेर पहिचान र सामथ्र्यका आधारमा ८ वटा संघीय राज्य बनाउने सम्झौता सोमबार भएको थियो ।
सोही विषयलाई लिएर केही जनजाती पार्टीहरु असन्तुष्टि जनाउँदै जातीयताकै आधारमा संघीयता लागू हुनुपर्ने माग राख्दै आएका छन् ।
यसअघि पनि आङकाजीले आफ्नो विरुद्ध समाचार छापेको भन्दै केही पत्रकारहरुलाई धम्की दिएका थिए ।
फेसबुकमार्फत जे पायो त्यहि लेख्ने र धम्की समेत दिने आङकाजीलाई साइवरक्राइम अन्तर्गत प्रहरीले कारबाही गर्नुपर्ने एमाओवादीका एक नेताले बताए ।















प्रतिक्रिया