६ कार्तिक २०८३, शुक्रबार

राहत नपाएर खबर गरे तत्काल उपलब्ध गराउने गुठि अष्ट्रेलियाको प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11027986_1163468533679317_4857464323909247430_n[2]

काठमाडौ, २७ जेठ । गुठि अष्ट्रेलियाले भुकम्पबाट प्रभावित जनता र गैर नाफामुलक सस्थाहरुले अहिलेसम्म कुनै पनि किसिमको राहत नपाएको जानकारी दिए आफूहरु तत्काल राहत उपलब्ध गराउन तयार भएको स्पष्ट पारेको छ ।

गुठि अष्ट्रेलियाले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अष्ट्रेलियामा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट भुकम्प आएको भोली पल्टै देखि राहत वितरण गर्दै आएको उल्लेख गर्दै अब पनि सहयोग गर्न तयार रहेको स्पष्ट पारेको हो ।

पत्रकार सम्मेलनमा गुठि अष्ट्रेलियाका संयोजक गंगाबहादुर नेम्कुलले कसैले अझै पनि राहत नपाएको भए आफूहरुलाई ९८६०१८५३१४ मा टेलिफोन गरेर खवर गरे तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै अहिलेसम्म सर्वसाधारण बाहेक माईति नेपाल, जय नेपाल, माई आर्ट, साँखु जेसिस, ओमेन ईन्पावरमेन्ट, बीर अस्पताल, सिद्धि स्मृति भुक्तपुर, जनसेवा भक्तपुर, ग्लोबल हस्पिटल लगायतका अस्पतालहरुलाई औषधीसहित पीडितलाई लत्ताकपडा, ब्लाङकेट, टेण्टलगायतका विभिन्न राहतकोसामग्री उपलब्ध गराएको बताए ।

कार्यक्रममा हास्य कलाकार रवी डंगोलले गुठि अष्ट्रेलियामा आबद्ध भएर भुकम्प पीडितलाई राहत वितरण र मनोरञ्जनात्मक कार्यक्रम गरेको बताए । उनले कलाकार र नेताहरुवीचको फुटवलमा देखिएको एकता कायम राख्नु आवश्यक रहेको भन्दै १६ बुँदे सहमतिले आशा बढाएको बताए ।

पत्रकार विजयरत्न तुलाधरले गुठि अष्ट्रेलिया नेपाली साहित्य कला संरक्षण गर्न स्थापना भएको सस्थाले भुकम्प पीडितलाई गरेको सहयोगको सरहाना गरे ।