६ कार्तिक २०८३, शुक्रबार

कफी खेती बढाउन गुल्मीका विद्यालयमा ‘अलग्गै कोर्स’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

coffe

– अनिल खत्री
गुल्मी २८ जेठ । गुल्मी जिल्ला कफी खेतीले चिनिने जिल्ला पर्दछ । गुल्मीमा उत्पादन भएको कफी नेपालका बिभिन्न ठाँउ सगै जापान कोरियामा यसको माग एकदमै बढ्दै गएको छ ।

जिल्लामा उत्पादनहुँने कफीलाई थप प्रभावकारी तरिकाले कसरी गर्न सकिन्छ र यसलाई व्यावसायिक खेती कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा पनी कफी खेती सम्वन्धी बिभिन्न तालिम गोष्टी हुँदै आएका छन् ।

कफी खेती सम्बन्धी गुल्मीको वामीमा वामी श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुका शिक्षकहरुलाई कफी सम्बन्धि तालिम वामी श्रोत केन्द्र भबनमा सम्पन्न भएको छ । तालिममा शिक्षकहरुलाई कफी खेती सम्बन्धमा तथा अन्य शैक्षिक बिषयहरुमा प्रशिक्षक सुनिल भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

स्थानीय स्तरमा कफी खेती गरिँदै आएको र यस क्षेत्रमा यसको बिशेष महत्व हुने भन्दै बिद्यार्थीहरुको फाईदाको लागि कफी खेती सम्बन्धि बिषय समाबेश गर्न लागिएको बताईएको छ ।

तालिमकै अबसरमा कक्षा ६ मा पढाईदै आएको १ सय पुर्णाङ्कको कम्प्युटर बिषयमा २५ पुर्णाङ्कको कफी खेती सम्बन्धि पढाई सञ्चालन गरिने समेत निर्णय भएको छ । तालिममा सहभागी १८ बिद्यालयका शिक्षकहरुको लागि कफी खेती सम्बन्धि पुस्तक समेत बितरण गरिएको श्रोत ब्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभयो ।