काठमाडौँ, २८ जेठ । हरेक परिवारका आ-आफ्नै सपना तथा योजनाहरु हुन्छन् । मानवको जीवन भनेको घुमन्ते र फिरन्ते हो । जसरी मन घुमिरहन्छ त्यसरी नै मान्छे पनि घुम्न चाहन्छ ।
तर विविध कारणले मान्छेले सजाएका ती सपना पुरा हुँदैनन् । सुन्तलीको जीवनमा पनि त्यस्तै भएको छ । धादिङ घर भएकी सुन्तली नेपाली नलाङमा बस्दै आएकी थिईन् । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले घरबार सबै भत्काएर लग्यो ।
भूकम्पले उनको केही सपना त्यती बेलै चकनाचुर भइसकेको थियो । तर पनि उनले ताजमहल घुम्ने मनैदेखिको सपना भने भूकम्पले घरबार भत्काएपनि बुनिरहेकी थिईन् । जीवनको अन्तिम साँस सम्म पनि ताजमहल घुम्ने उनको दृढता थियो ।
तर, बुधबार रातिको घटनाले उनको सपना कहिल्यै पुरा नहुने भयो । बुधबार राति एक्कासी आकाश गड्याङ गुडुङ गरिरहेको थियो । भूकम्पले घरबार भत्काएकाले पाल टाँगेर बाहिर आँगनमा बसिरहेका थिए ।
त्यही बेला आँगनमा अन्धाधुन्ध चट्याङ पर्यो । चट्याङ पर्दा उमेरले ५५ बर्ष काटिसकेकी सुन्तलीको ज्यानै गयो । अर्थात उनी यो संसारबाट सदाका लागि बिदा भइन् । उनको ताजमहल पुग्ने सपना कहिल्यै पुरा नहुने गरी अधुरो रह्यो ।















प्रतिक्रिया