६ कार्तिक २०८३, शुक्रबार

भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepal

काठमाडौँ, २८ जेठ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण बुधबार काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार वैशाख १२को विनाशकारी भूकम्पमा परी गम्भीर घाइते ललितपुरका प्रदिप लिम्बुको बुधबार काठमाडौंमा उपचारका क्रममा ज्यान गएको हो ।

भूकम्पमा गम्भीर घाइते भएका ललितपुर उपमहानगरपालिका–१४ तिखिदेवल बस्ने तेह्रथुम थाम्चुङ–८ घर भएका ५५ बर्षीय प्रदिप लिम्बुको बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको छ ।

प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी उनको शवलाई परिवारको जिम्मा लगाइएको छ ।