३० आश्विन २०८३, शुक्रबार

रोजगारीका लागि मलेसिया पुगेका बिनोदको रहस्यमय मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia_city_of_kuala_lumpur

मलेसिया । वैदेशिक रोगजारीका सिलसिलामा मलेसिया पुगेका एक नेपालीको रहस्मय मृत्यु भएको छ ।

भोजपुरको खावा ५ का बिनोद राइको शनिवार राति मलेसियामा रहस्मय मृत्यु भएको त्यहाँबाट नेपाली सञ्चारकर्मीले जानकारी दिएका छन् । सेलेङरको कापर स्थित एक फर्निचर कम्पनीमा कार्यरत विनोदको बस्ने कोठामा लास भेटिएको थियो ।

१८ महिना अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका राई अबिबाहित थिए । हाल उनको शब केलाङको सरकारी अस्पतालमा राखिएको छ । राई सुतेकै अबस्थामा मृत फेला परेका थिए ।