काठमाडौं, २८ जेठ । भूकम्प आउने क्रम विस्तारै घटिरहेका बेला नेपालमा विहीबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर १० बजेर २ मिनेटमा ४ दशमलब ६ म्याग्निच्युडको कडा धक्का आसपासका क्षेत्रमा महसुस भएको हो ।
केन्द्रका अनुसार यसअघि विहीबार विहानै दोलखा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको धक्का महसुस भएको थियो । बुधबार मात्रै नेपालमा तीन वटा धक्का महसुस भएका थिए ।
भूकम्पको धक्का पछि सिन्धुपाल्चोकमा त्रासको वातावरण सिर्जना भएको छ । स्थानीयहरु घर छाडेर बाहिर बसिरहेको सिन्धुपाल्चोकबाट स्थानीय निरञ्जन थापाले जानकारी दिएका छन् ।
















प्रतिक्रिया