६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ ताप्लेजुङको हालत (हेर्नुस् तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejung-pahiro01

ताप्लेजुङ, २८ जेठ । ताप्लेजुङको पश्चिमी क्षेत्रमा पहिरोले ताण्डव मच्चाएको छ ।

बुधबार साँझदेखि परेको वर्षासँगै गएको पहिरोमा परी हालसम्म २५ जना भन्दा बढीको ज्यान गएको प्रहरीले जनाएको छ । आठ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिवाङका देवेन्द्र लिवाङ, खोक्लिङका सविन मादेन र वसन्त विकको मात्र सनाखत भएको छ ।

ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङलाबु र लिङ्केत गाविसको सबै वडामा एकै पटक भीषण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

यी गाविसबाट अझै केही स्थानीय सम्पर्कमा नआइसकेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ ।

मृत्यु भएकामध्ये पाँच जनाको शव थिङलावुबाट, दुई जनाको शव खोक्लिङबाट, दुई जनाको शव सान्थाक्राबाट, एक जनाको शव लिबाङबाट र दुई जनाको शव लिङथेपुबाट निकालिएको प्रहरीले जनाएको छ ।

पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डाँडामा रहेका दुई दर्जनभन्दा बढी घर पहिरोले बगाएको हो । पहिरोले लिङ्तेप, खोक्लिङ, लिवाङ र थिङलावु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।

वर्षा भइरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उद्धारका लागि काठमाडौँबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गएपनि खराब मौसमको कारण घटनास्थल पुग्न सकेको छैन । स्थानीय प्रहरी र स्थानीय सर्वसाधारण अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् ।

गएराति पौने १२ बजे ताप्लेजुङको म्याङखामा पनि पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध बनेको छ ।

हेर्नुस् तस्वीरहरु:

Taplejung-pahiro-1Taplejung-pahiro-5 Taplejung-pahiro-4 Taplejung-pahiro-3 Taplejung-pahiro-2