६ कार्तिक २०८३, शुक्रबार

पत्नी पोइल गएको झोकमा झुन्डिएर आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २८ जेठ । पत्नी पोइल गएको झोकमा महोत्तरीको गौशाला नगरपालिकामा एक युवकले गएराति झुन्डिएर आत्महत्या गरेका छन् ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–५ रजखोर बस्ने एकबहादुर आले मगरका छोरा ३२ वर्षीय लालबाबु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

केही दिनअघि पत्नी पोइल गएदेखि निक्कै तनावमा रहँदै आएका लालबाबु गएराति १० बजे आफ्नै घरको बाहिरी बलोमा गम्छाको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

आलेको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस