२१ कार्तिक २०८३, शनिबार

FLASH NEWS: ताप्लेजुङमा पहिरोमा पुरिएका २५ जनाको शव फेला, दर्जनौँ बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejung-pahiro copy

ताप्लेजुङ, २८ जेठ । ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल बर्षासँगै आएको पहिरोका कारण २५ जनाको ज्यान गएको छ । दर्जनौँ बेपत्ता भएको आशंका गरिए पनि २५ जनाको शव फेला परेको ताप्लेजुङका पत्रकार रविन भट्टराईले जनाएका छन् ।

अविरल बर्षासँगै आएको पहिरोले ताप्लेजुङको पश्चिमी भेगका गाविसमा घर बगाउँदा सर्वसाधारणको ज्यान गएको हो । ताप्लेजुङ प्रहरीका अनुसार, आठ जना गम्भीर घाइते भएका छन् । सयौं बेपत्ता भएको आशंका गरिएको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख, डीएसपी शान्तिराम कोइरालाका अनुसार मौसम प्रतिकुल भएका कारण यकिन जानकारी आउन सकेको छैन् । अहिलेसम्म दुई दर्जनको मृत्यु भएको प्रारम्भिक जानकारी आएको उनले बताए । काठमाडौँबाट हेलिकप्टर मगाइएपनि मौसम प्रतिकुल भएका कारण हेलिकप्टर अवतरण हुन सकेको छैन ।

प्रहरीका अनुसार, खोक्लिङ ७ का राजकुमार मादेनको घर पहिरोले बगाउँदा उनका छोरा ११ बर्षीय सविन मादेनको ज्यान गएको छ । यसैगरी, खोक्लिङमै ८ बर्षीय वसन्त विकको पनि पहिरोमा परी ज्यान गएको छ ।

लिङतेप गाविसमा आइतवहादुर लिम्बूकी छोरी चमेलीको ज्यान गएको छ भने उनका बाबु बेपत्ता भएका छन् । लिङतेप तीनकी सन्जय लिम्बुकी श्रीमती मनमाया लिम्बुको पनि पहिरोमा पनि मृत्यु भएको छ ।

सान्थाक्रा गाविस वडा नम्बर ३ को लाक्चुङका अमरबहादुर लिवाङ र उनका नातीको मृत्यु भएको बताइएको छ । यसैगरी, लिवाङ गाविसका देबेन्द्र लिवाङको पनि मृत्यु भएको पुष्टि भएको छ ।

पहिरोबाट थिङलावु, खोक्लिङ धुसेनी, लिङतेप, सान्थाक्रा, लिवाङ, थिङलाबु सबैभन्दा बढी प्रभावित भएको छ । थप विवरण आउन बाँकी छ ।