काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर, अपार्टमेन्ट,हाउजिङ तथा व्यवसायिक भवनमा लगानी, बिमा र नामसारीलगायत कारोबार नगर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।
राष्ट्र बैंक , बिमा समिति, मालपोत कार्यालय र डिभिजन सहकारी कार्यालयलाई महानगरले पत्र पठाएको हो ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार मापदण्डविपरीतका घर तथा भवन भत्काइने भएकाले सम्बन्धित निकायलाई कारोबार नगर्न जानकारी गराइएको महानगरका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताएको कारोबार दैनिकले छापेको छ ।















प्रतिक्रिया