१७ कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाबाट विजय गच्छदार निस्कासित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gachhadar briefs media after a four parties meeting

काठमाडौं, २७ जेठ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले साधारण सदस्य नरहने गरी निस्कासित गरेको छ ।

मोर्चाको बुधबार बसेको बैठकले चार दलबीच भएको १६ बुँदे सहमतिमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गरेको भन्दै मोर्चाले कुनै सम्बन्ध नरहने निस्कासन गरेको हो ।

अन्तरिम संविधान विपरित गरिएको प्रतिगमनकारी कदमप्रति मधेसी मोर्चाले कडा आपत्ति जनाएको छ । ‘सहमतिले देश आन्तरिक दन्द्व र अस्थिरतामा फसिसकेको हाम्रो ठहर छ’ मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।