धनगढी, २७ जेठ । कैलालीको लम्की चुहा नगरपालिकाबाट प्रहरीले गैँडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले गठन गरेको क्षेत्रीय अपराध अनुसन्धान सहयोग समूहले बुधबार विहान गैँडाको खागसहित दुई जनालाई लम्की नगरपालिकाबाट पक्राउ गरेको हो ।
खागसहित दुई जना पक्राउ परेपनि प्रहरीले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन् । प्रहरी स्रोतका अनुसार गैँडाको खागको ग्राहक बनेर गएको समूहका प्रमुख प्रहरी निरीक्षक भुवन भट्ट नेतृत्वको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक भट्ट नेतृत्वको टोली सोमबार जिल्लाको मध्यवर्ती क्षेत्र गएको थियो । सो घटनाबारे जानकारी दिन बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलनको आयोजना गरिँदैछ ।
पत्रकार सम्मेलनमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रामकुमार खनालको सहभागिता रहने कैलालीका प्रहरी प्रवक्ता डीएसपी विश्वराज खड्काले जानकारी दिए ।















प्रतिक्रिया