६ कार्तिक २०८३, शुक्रबार

भूकम्प पीडितलाई गुल्मी समाज युकेको ५ लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisa– अनिल खत्री

गुल्मी २७ जेठ । गुल्मी जिल्ला समाज युकेले जिल्लाका भूकम्प पीडितहरुको लागि अहिले सम्म नगद ५ लाख प्रदान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी गुल्मीले आयोजना गरेको एक कार्यक्रममा समाज सल्लाहकार मोति भण्डारीले ३ लाख प्रदान गर्नुभएको हो ।

जम्मा ५ लाख मध्ये समाजले २ लाख यस अघि नै प्रदान गरिसकेको थियो । भने आज बाँकी ३ लाख प्रदान गरेको छ ।

आशा अपाङ्ग केन्द्रलाई १ लाख, नेपाल रेडक्रस सोसाइटी शान्तिपुर उपशाखाको एम्बुलेन्स मर्मतको लागी १ लाख र ३ लाख जिल्ला बिपत्त व्यावस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

त्यस्तै समाजले बलत्कृत खड्कोटक गाविसकी १० बर्षीय बालिकालाई पनि सहयोग गरेको छ । त्यी बालिकाकी आमा चमेली विकलाई सल्लाहकार भण्डारीले ७२ हजारको चेक हस्तान्तरण गर्नुभयो ।